काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा धुम्रबराह पार्टी प्यालेस, धुम्वाराही, काठमाडौंका सम्पन्न भएको छ । आज कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सो समारोह समपन्न भएको हो ।
उक्त सभाम कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथातत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिकता तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अत्यआवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरिएको छ । साथै सम्पूर्ण शेयरधनीहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई धन्यवाद समेत ब्यक्त गरिएको थियो ।
प्रतिक्रिया