काठमाडौं – इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी इरान साउदी अरेबियाको भ्रमणमा जान लागेको बताइएको छ ।इराकी सरकारी समाचार समिति आइएनएले सो कुराको जानकारी दिएको छ । उनि अर्को हप्ता इरान र साउदी अरेबिया जाने समाचारमा जनाइएको छ । उनले ती देशमा गएर त्यहाँका नेताहरुसँग प्रत्यक्ष वार्ता गर्ने भएको समाचार समितिले जनाएको छ ।
उनि पहिला इरान पुग्ने र इरानका नेताहरुसँग द्धिपक्षीय भेटवार्ता गर्ने छन्। त्यसपछि उनि साउदी अरेबियाको भ्रमणमा जानुहुने भएको समाचारमा जनाइएको हो ।यही जुन ९ तारिखमा इराकी विदेशमन्त्रीले इरानका विदेशमन्त्रीसँग इराक इरानसँगको वार्ताका लागि तयार भएको र आगामी दिनमा दुई देशको सम्बन्ध र अन्य विषयाहरुमा वार्ता अघि बढाइने छ ।
क्षेत्रीय सुरक्षा तथा खाडी राष्ट्रहरुको राजनीतिक अवस्थाका बारेमा इराकले वार्तालाई जारी राखेको छ । इराकले गत वर्षमात्र पनि इरान र अन्य खाडी देशहरुसँग वार्ता निरन्तर गरेको थियो । साथै इराकले इरानसँग गत वर्षमात्र पनि चार राउण्डमा वार्ता गरेको थियो । आणविक उर्जा तथा अन्य विषयमा अमेरिकासँग इरानको विवाव जारी रहेका बेला इराकले वार्ता अघि बढाउने भएको हो ।
प्रतिक्रिया