काठमाडौं – पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार घटनामा परी अरु १० जना घाइते भएका छन् ।
पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गीत बालतिस्तानमा यात्रु बहाक बस गहिरो नदीमा खसेको थियो ।घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनीहरूको भनाइ छ ।
दुर्घटनामा परेको बसमा १५ जना यात्रु थिए । घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । यसअघि गत जुन ८ मा पनि बालोचिस्तानमा भएको दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । त्यतिबेला यात्रु बहाक भ्यान झण्डै १०० फिट तल खोँचमा खसेको थियो ।
प्रतिक्रिया