विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन झन व्यस्त हुँदै गइरहेकाले जीवनयापनमा सहजता ल्याउन योगले मद्दत पुर्याउने बताउँदै गृहमन्त्री खाणले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाइराख्न मद्दत गर्ने धारणा व्यक्त गरे । ‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर आज मनाइएको आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता अर्याललगायतको सहभागिता थियो ।
प्रतिक्रिया