काठमाडौं – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनशिपमा नेपालले एकपछि अर्को सफलता हात पार्दै गएको छ । समूह चरणको आज भएको तेस्रो खेलमा बहराइनलाई आठ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियामा वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले नेपाललाई ६ विकेटको क्षतिमा १५ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दा अन्तिम चारको यात्रा तय गर्न सफल भएको छ ।१५ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले चार र कविता जोशीले तीन रन बनाइन् ।
जितसँगै नेपालले तीन खेलबाट ६ अंक जोड्न सफल भएको छ । नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालले हङकङसँग मंगलवार अब अन्तिम खेल खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो
प्रतिक्रिया