देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी महिला टी-२० क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हरायो

देशान्तर

काठमाडौं -एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटमा नेपालले कुवेतलाई २५ रनले हराएको छ । मलेसियाको किनरारा मैदानमा नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्रै बनायो । उसका लागि प्रीयदा मुरलीले सर्वाधिक ३१ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले २ तथा अस्मिता कर्माचार्य, सङ्गीता राई र इन्दु बर्माले १र१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट ३४ र इन्दु बर्माले नटआउट २८ रन जोडे । कुवेतकी मरिमा हैदरले २ विकेट लिइन् ।

नेपालले हिजो पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ । प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बी मा हङकङ, कुवेत, भुटान र बहराइन छन् । नेपालले आगामी सोमवार बहराइनसँग र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्ने भएकाे छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप खेल्न पाउनेछन् ।