देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तह निर्वाचन

आजबाट निर्वाचन आचारसंहिता हट्यो

देशान्तर

निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिम भनिएको छ ।

आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकैचरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो ।