देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

देशान्तर

बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।

अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४७३६ मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी  नेपाली कांग्रेसकी गुजराती यादवले ३४४२ मत पाएको निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए ।

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं. १ मा लोसपाका  राजेश गुप्ता, वडा नं. २ मा जनता समाजवादी पार्टीका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डेय, वडा नं. ४ मा लोसपाका बेचुराम गडेरिया, वडा नं ५.  मा लोसपाका संजय कुमार शैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं ७ मा नेपाली कांग्रेसका पवनकुमार यादव बिजयी भएका छन्।

जिल्लाका १६ स्थानीय तहमध्ये लोसपाले जितेको यही एउटा पालिका हो । यो पालिका लोसपा नेता एवम् पूर्वमन्त्री सवेृन्द्रनाथ शुक्लाको निर्वाचन क्षेत्र हो । शुक्लाको आफ्नै पालिका सम्मरीमाईमा भने नेपाली कांग्रेसले जितेको छ ।