देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७ सय ३४ पालिकाको नतिजा सार्वजनिक, कस्को कति ?

देशान्तर

काठमाण्डौ । देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो ।

अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ ।

उसले ७७ वटा नगरपालिका र १ सय २३ वटा गाउँपालिकामा प्रमुख जितेको हो । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार वटा पालिकाको प्रमुख पद जितेका छन् ।

यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।