नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ ।
अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही गरेको हो । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको महोत्तरी कांग्रेसले जनाएको छ ।
पार्टीले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका जिल्लाका ३२ जनालाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरि निष्कासन गरिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए ।
निष्कासनमा पर्नेहरूमा बर्दिबासबाट कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध उम्मेदवारी दिने प्रह्लाद क्षेत्रीलगायत छन् ।
प्रह्लाद क्षेत्रीका साथै बर्दिबास नगरपालिकी तारादेवी महतो, भोला खडका, युवराज पोखरेल, दिपबहादुर कार्की, राम सोगरथ यादव, बोधबहादुर कटवाल, विजयकुमार महतो, युवराज पोखरेल, विनोद ढुङ्गेल, अनिल महतो र अमृत सिंह गरी १२ जनालाई कारबाही गरिएको छ ।
त्यसैगरी गौशाला नगरपालिकाका प्रमोदकुमार झा, पिपरा गाउँपालिकाका विजय यादव र प्रभास यादव, एकडारा गाउँपालिकाका मनोज कुमार झा, राम स्नेही मण्डल, शिवकुमारी यादव र गौरीसंकर मिश्र, महोत्तरी गाउँपालिकाका छेदी चौधरी, जिवछ यादव, सिलादेवि, जिबछ पण्डित, राम नरेश राय, कारी कापर, सोनाम गाउँपालिकाका सञ्जीव यादव, उपेन्द्र यादव, आसिना नदाफ, सन्तोषकुमार यादव, विनय यादव र रामवली यादव कारबाहीमा परेका छन् ।
उनीहरूलाई उम्मेदवारी फिर्ता लिन र प्रस्तावक नबन्न पाटीबाट पटक-पटक अनुरोध गर्दा पनि अटेरी गरेकाले कारबाही गरिएको सभापति यादवले बताए ।
प्रतिक्रिया