देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यक्ष ओलीलाई कांग्रेसका महामन्त्री गगन थापाले गरे कटाक्ष

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।

काठमाडौं महानगरको कांग्रेस क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एक्लै लड्ने दम्भ देखाउँदै भ्याएसम्म सबै दलसँग चुनावी तालमेल गरेको भन्दै कटाक्ष गरेका हुन्।

महामन्त्री थापाले भने, ‘अहिले तालमेल र गठबन्धनको चर्चा छ। स्थानीयको मुद्धाको विषयमा छलफल गर्नुपर्ने थियो। तर, त्यसो हुन सकेको छैन। हामी सबैको दुर्भाग्य हो यो।’

ओलीले एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँग तालमेल गरेको टिप्पणी गरे। एमालेले देशभर वडामा जहाँ जो सँग भेट्यो त्यहीसँग तालमेल गरेको भएकाले गठबन्धन नगरेको भन्दै पानीमाथिको ओभानो नबन्न आग्रह गरे।

उनले भने, ‘तालमेल र गठबन्धनको कुरा गर्दै तपाईंहरूले पाँच दलको भन्नुहोला। पाँच दलको मात्रै होइन। गठबन्धन भन्नासाथ धारे हात लगाउने केपी ओलीको पार्टीको हालत हेर्नुस् न। कांग्रेससँग झगडा गरेर जानसँग तनहुँमा गठबन्धन, सिके राउत विप्लवसँग गर्नुभएको छ। एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग, अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँग।’

०७४ सालमा माओवादी र एमाले मिलेर कम्युनिष्ट पार्टीको नाममा झण्डै दुई तिहाइको मत पाएपनि त्यसको दुरुपयोग गरेको आरोप लगाए।

‘उहाँलाई प्रधानमन्त्री भएर बधाई दिएर फर्किएपछि मलाई एउटा केटो भनेर खुइल्याउँदै गर्दा कम्युनिष्ट पाटीको नेताहरूले टेबल ठोक्दा हाम्रो मुटु दुखेको थियो। कम्युनिष्ट पार्टीको स्थानीय तह र ६ वटा प्रदेश सरकार थियो। कांग्रेससँग २३ सिट भएकाले प्रतिपक्षमा हुनुको विकल्प थिएन’ उनले भने।

अहिलेको राजनीतिक अवस्था जिम्मेवारी ओलीले लिनुपर्ने बताए। एमालेसँग गएको ५ बर्ष गरेको बाचा कति पूरा भयोरु भनेर प्रश्न गर्न जनतालाई आग्रह गरे