एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई सम्भावित युद्ध अपराधको विषयमा रुसमाथि अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीसँग आग्रह गरेका छन् ।
रुसले युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानका लागि महासचिव गुट्रेसले आईसीसीसँग आग्रह गरे । युक्रेन युद्धग्रस्त शहर बुचाको भ्रमणका क्रममा गुट्रेसले सबैभन्दा नराम्रो अपराध युद्ध नै हो भन्दै रुसले अनुसन्धानका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनले युद्धलाई अस्वीकार्य र ‘२१ औं शताब्दीमा बेतुकका कुरा’को संज्ञा दिए । यसैबीच, युक्रेनी सहर मारिउपोलका स्थानीय अधिकारीहरूले सहरको धेरैजसो भागमा भयावह अवस्था उत्पन्न भएको बताएका छन् ।
प्रतिक्रिया