सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सरेको छ । बालुवाटामा बिहान साढे ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण गठबन्धनको बैठक सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न भन्दै आज पनि बैठक बोलाएको हो ।
दलहरुकाबीचमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गर्ने विषयमा सोमबार पनि छलफल भएको थियो । सोमबार सहमति नभएपछि आज पुनः बैठक बसेर टुंगोमा पुग्ने गरि बैठक सकिएको थियो ।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा दाबी गरेको छ भने एकीकृत समाजवादीले पनि पोखरामा दाबी गर्दै आएको छ ।
माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले वीरगञ्जमा मेयर पाउने विषयमा सहमति नजिक पुगेको बताइएको छ ।
प्रतिक्रिया