देशकै पुरानो र जेठो वीर अस्पतालले ओटी लाइट र युरोलोजिको सामान खरिद गर्न गरिएको टेन्डर आह्वामै सेटिङ भएको छ । फागुन २६ मा सामान खरिद गर्नका लागि टेन्डर आह्वान गर्दा त्यसअघि नै स्पेकिफेशन बनाउन युरोलोजी विभागका विवादित डा. अनिल श्रेष्ठलाई जिम्मा दिएको थियो । उनले बनाएको स्पेफिकेशन अनुसार बढी कमिसन आउने एउटा मात्रै कम्पनीको क्राइट एरिया पुग्ने रहेको देशान्तरलाई प्राप्त विवरणमा उल्लेख गरिएको छ ।
जस अनुसार श्रेष्ठले बढी कमिसन पाउने केएलएस मार्टिट कम्पनीले टेन्डर पाउने पक्का पक्कीसहित तयारी गरिएपछि चौतर्फी आलोचना भएको छ । साथै अन्य सर्जिकल व्यापारीहरुले आफूहरुले पनि टेन्डर भर्न पाउने गरी स्पेसिफिकेशन बनाउन माग गर्दै आएका छन् ।
उनीहरुले युरोलोजीका डा. श्रेष्ठविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय, सम्पत्ति सुद्धिकरण विभाग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिने तयारी गरेका छन् । त्यसका लागि व्यापारीहरु आन्तरिक छलफलमा पनि जुटेका छन् । अस्पतालले चैत १५ मा व्यापारीसँग प्रि बिडङ छलफल गर्दा उल्टै श्रेष्ठले केही बुँदाहरु थपगरेपछि व्यापारीहरु झनै रुष्ट भएका छन् ।
युरो सर्जिकलको ४ करोडको सामान खरिद गर्दा डा। श्रेष्ठ र उनलाई साथ दिँदै आएका डमरु दाहालले टेन्डर हुनु भन्दा अगाडि नै व्यापारीसँग कमिसन लिन होटेल होटेल चहारेर स्पेक बनाई अस्पताल प्रशासनलाई दवाद दिएको र सोही स्पेकमा टेन्डर आह्वान गरेका थिए । डा। श्रेष्ठले अस्पताल आउने विरामीबाट पनि कमिसन लिने गरेको बुझिएको छ । त्यहाँ आउने विरामीलाई वेड अभावको बहाना बनाएर उनले बी एण्ड बी, मेडिसिटी लगाएतका अस्पतालमा पठाउने गरेको आरोप पहिला पनि लाग्दै आएको छ ।
प्रतिक्रिया