देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र मलेसिया खेल्दै

देशान्तर

काठमाण्डौँ । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच हुने यो त्रिकोणात्मक सिरिजले फाइनल पुग्ने अर्को टीमको तय गर्ने छ । नेपाल भने एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको छ ।

१२ः३० बजे सरु हुने खेलमा मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ । नेपाल भने अपराजित रहँने ध्याउनमा हुने छ । नेपालले ३ खेलमा ६ अंक जोडेर अपराजित रहँदै यस अघि नै फाइनल पुगिसकेको छ ।

मलेसिया भने नेपाललाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुने छ। मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । जितमा मलेसिया फाइनल पुग्नेछ । हार ब्यहोरेमा मलेसिया बाहिरिने छ ।

शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई फराकिलो अन्तरले हराएकाले अब पिएनजी फाइनल पुग्न नेपालको जित चाहन्छ । अहिले पिएनजी ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै यस अघिको पहिलो भेटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल उक्त जितलाई कायम राख्ने लक्ष्यका साथ मैदानमा हुने छ ।