देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले पीएनजीलाई दियो एक सय ८४ रनको लक्ष्य

देशान्तर

काठमाडौँ – त्रिदेशीय टी(२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई एक सय ८४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८३ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २र२ विकेट लिए ।

नेपाल, मलेसिया र पपुवा न्युगिनी ९पीएनजी० सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएको हो । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।