इलाम – १२औँ संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा औपचारिक जानकारी गराएको हो । इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लबसहित ८ टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, न्युरोड टिम ९एनआरटी०, झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुँदैछन्। प्रतियोगितामा पाहुना टोलीको रूपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने आयोजक क्लबका सदस्य कोवितजंग कार्कीले जानकारी दिए।
चैत २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलइडी टिभी हात पार्नेछ।
प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका संयोजक अनुरोध थापाले जानकारी दिए।
प्रतिक्रिया