लगभग १४ अर्ब वर्ष अघि पदार्थ, देश र काल, त्यस घटनाका कारण अस्तित्वमा आएका थिए, जसाई ‘बिग ब्याङ्ग’ का नाउँले चिनिन्छ ।
पदार्थ र ऊर्जा प्रकट भएका लगभग तीन लाख वर्षपछि एटम नामक, जटिल संरचनायुक्त पदार्थ जम्मा हुन थाले र त्यसपछि एटम अणु पदार्थ ‘मोेक्युल्स’मा मिले । एटम, अणु र तिनको पारस्परिक क्रियाको यस कथालाई रसायनशास्त्र भन्दछन् । माथि भनिएको विस्फोटको कयाल भने भौतिक शास्त्र भनिन्छ ।
लगभग ७० हजार वर्षअघि यिनै केही अणुहरूबाट जीवनको निर्माण भयो, यही जीव विज्ञान भनेर चिनिन्छ । ७० वर्षअघि यिनै संरचनाहरूले ‘होमो सेफियन्स’ सम्बन्धी आकार ग्रहण गराउने तर्खर गरे, यसैलाई संस्कृतिहरू बन्ने प्रक्रियाका रूपमा चिनिन्छ मानवीय संस्कृतिको उत्तरवर्ती विकासलाई इतिहास भन्दछन् ।
इतिहासको यो प्रक्रियालाई तीन महत्वपूर्ण क्रान्तिले आकार दिए । संज्ञात्मक क्रान्ति काग्निटिम रिभोलुसन कृषि क्रान्ति र वैज्ञानिक क्रान्ति इतिहास अस्तित्वमा आउनुअघि नै मनुष्यको अस्तित्व थियो । मनुष्यसँग मेल खाने प्रणी २५ लाख वर्षअघि प्रकट भएको थियो । पहिले मानिस पनि कैयौं अन्य जीवभन्दा धेरै फरक देखिँदैनथियो । ती प्राणीसँग मानिस एकै ठाउँ बस्दथ्यो । २० लाख वर्षअघि सायद तपाईंको जम्काभेट मानवको चिरपरिचित भूमिकासित हुँदो हो शिशुलाई छातीमा च्याप्दै चिन्तित माताहरू र निश्चित भएर माटोमा खेलिरहेका बच्चा, समाजका आदेशलाई अटेर गर्ने युवक र थकित प्रौढ, जो केवल यति चाहन्थे कि तिनलाई शान्तिपूर्वक बस्न दिइयोस् । स्थानीय सुन्दरीहरूलाई प्रभावित गर्ने प्रयत्न गर्ने मर्द र उमेरदार बढी कुलयाता, जसले यी सब उहिल्यै देखिसकेका थिए । यी आदिम मनुष्य प्रेम गर्दछे खेल्थे, मित्रता गर्दथे तथा हैसियतका लागि होड गर्दथे । यीमध्ये स्वयं मनुष्यलाई पनि ज्ञान दिएर एकदिन तिनैका वंशज चन्द्रमाया हिँड्ने छन् । अणुको विखण्डन गर्नेछन् । जेनेटिक कोड बुझ्ने छन् र इतिहासका पुस्तक लेख्नेछन् ।
‘होमोसोफियन्स’ मानव प्रजाति हो । यो मोहोसोफियन्स पनि अन्य जीवजस्तै एक प्रजाति हुन् । मानव धेरै समयसम्म आफूलाई अलग र श्रेष्ठ प्राणी ठानिरह्यो । तर, यस्तो ठ्याम्मै होइन । हामी एक विशाल तर कोलाहलपूर्ण परिवारका सदस्य हौं । जसलाई विशाल वानर ‘ग्रेट एम्स भनेर चिन्छि । हाम्रा सबैभन्दा निकटस्थ नातेदारका रूपमा चिम्पाञ्जी, गोरिल्ला र ‘ओराङ ओटाङ’ पनि सामेल छन् । चिम्पाञ्जी हाम्रा सम्बन्ध नजिक छन् । मात्र ६० लाख वर्षअघि एउटा वानरीका दुई छोरी थिए । तीमध्ये एउटी चिम्पान्जीकी पूर्वज बनी र अर्की बनी हाम्री पूर्वज ।
सोफियन्सले योभन्दा धेरै कुराहरू जसले हामीलाई विचलित गर्न सक्दछन् । लुकाएर राखेका छन् । हाम्रा धेरै संख्यामा काका फुपूतर्फका भाइ–बहिनी छन्, एक समयमा राम्रै संख्यामा दाजुभाइ दिदीबहिनी पनि हुन्थे । हामीलाई आफ्ना बारेमा यस्तो सोच्ने बानी छ कि हामी मात्र एक छौं । अरू कोही केही होइन । पछिका १० हजार वर्षमा हाम्रो जाति वास्तवमै एकमात्र मनुष्य प्रजाति रहँदै आएको छ । तर ह्युमन शब्दको वास्तविक अर्थ ‘होमो’ नामक जीवसित टाल्लुक राख्ने प्राणी हो । यो जीवका ‘होमोसोफियन्स’बाहेक पनि कैयौं प्रजाति अरु पनि हुन्थे । यसबाहेक हामी देख्नेछौं, त्यो भविष्य टाढा छैन, जब हामीले एक बुझिएको ‘नन् सोफियन्स’सँग बुझ्न् परोस् । यस कुरालाई स्पट तुल्याउन म बुद्धिमान मनुष्य (होमोसोफियन्स) प्रजातिका सदस्यहरूलाई देखाउन प्रायः (बुद्धिमान) ‘सोफियन्स’ शब्दको प्रयोग गर्नेछु । मनुष्यका लागि म ‘होमो’ जीवका सारा सदस्यको लागि गर्नेछु ।
मनुष्यको प्रथम विकास लगभग २५ लाख वर्षपहिले पूर्वी अफ्रिकामा वानरहरूको एउटा प्राणी अस्टोपियकेस’बाट भयो । यसको अर्थ हो । दक्षिणी वानर । लगभग २० लाख वर्षअघि केही आदिम स्त्री–पुरुष उत्तरी अफ्रिका युरोप र एसियाका वितृष्ण भूभागतिर बस्न गए । अन्य स्थानमा केही प्रजाति बसाइ सरे । यसरी मनुष्यको जाति र संख्या स्थान र समयाअनुसार विकसित हुँदै, बेग्लिँदै गयो । यसको परिणाम मनुष्यका विभिन्न जाति, प्रजाति जात आदि रूपमा देखा प¥यो । यिनैलाई वैज्ञानिकहरूले विभिन्न नाउँ दिए ।
युरोप र पश्चिमा मनुष्य हाम्रोमा मिसिए । ती हामी सोफियन्सका तुलनामा हृष्टपुष्ट थिए । निएन्डर उपत्यकाका भएकाले तिनलाई निएन्डर थल्स भनियो । निएन्डरथल्स हिउँ र चिसो हावाबाट राम्ररी अनुकूलित थिए । एसियाका अधिकांश क्षेत्र होमो इरेक्टस (उभिने मनुष्य) ले ढाकिएका थिए । होमो इरेक्टस त्यहाँ २० लाख जाति गतिमान रहे । यसरी ती अहिलेसम्मका सबैभन्दा टिकिरहने मनुष्य सावित भए । हाम्रो प्रजातिको यो कीर्तिमान भन्न सकिन्छ । टुट्छ वा टुट्दैन ।
यसरी कतै पुड्का मनुष्य विकसित भए, कति असाधारण रूपले अग्ला मनुष्यको विकास भयो । तिनै विभिन्न मनुष्यका चित्रण हाम्रो कति कथाहरूमा गरिएको छ । ‘एलिस इन द वाडर ल्यागु’जस्ता कृतिहरू यसका उदाहरण हुन् । कति मनुष्य त यति अग्ला र विशाल हुन्थे, ती हात्तीसमेतको सिकार गर्दथे । हाम्रा भीमसेन, त्यस्तै अग्ला र बलशाली मनुष्यको प्रतिनिधित्व गर्छन् भने पनि हुन्छ । उता हाम्रै पराकथामा विशाल राक्षस अािदलाई पनि यस्तै ‘होमो’मा लिन सकिन्छ ।
यी मध्ये कुनै कुनै प्रजाति त उखानमा (हिन्दी) भनेजस्तेः
देखन मै छोटो लगे
घाउँ करे गम्भीर ।
पुड्का भए पनि अन्यत्न सीप भएका प्रजाति थियो ।
यसरी सीपको विकास हुँदै गयो । मनुष्य मस्तिष्कको विकास हुँदै गयो र आज हामी जेट, रकेट युगमा ग्रहरूमा हिँड्ने लियाकत राख्ने । समयमा पुगेका छौं । हो निर्माण सुरक्षा पहिलेभन्दा धेरै छन् । भने विध्वंशका सामान पनि कम छैनन् । त्यसैले आज हामी, कुनै पनि युद्ध विश्वयुद्धमा त परिणत हुँदैन ? भन्ने आशंकामा चिरिरहेका छौं । विद्वान चिन्तक वर्ङेन्ड सिलले भनेका छन् । तेस्रो विश्वयुद्ध भने भने मनुष्य जति ढुंगे युगमा पुग्नेछन् ।
‘ढुंगे युग भनेको त्यही युग हो, जसको अहिले हामीले चर्चा ग¥यौं । पुड्का भए पनि सीपयुक्त मनुष्यको । त्यो सीप भनेको ढुंगाका हतियारहरू बनाउने सीप हो । त्यसैले हामी ढुंगे अथवा स्टोन अथवा बेहियोलिथिङ र नियोलथिक एज भनेर वैज्ञानिक भन्दछन् । तर, तपाईंले एउटा कुरा सोच्नु भएको छ कि छैन, ढुंगाको हतियार बनाउन त्यस बखत चमत्कारी आविष्कार थियो । मनुष्यले क्रान्ति नै ल्याएको हो । ‘ढुंगेयुग’ जन्माएर । पहिले सजिला हतियार बनायो । पछि तिखार भयंकर हतियार निर्मित ग¥यो । तिखा ढुंगा बनेपछि धनुषबाँण पनि त्यसै क्रममा बन्यो । हाम्रो कथामा तपाईंलाई सम्पन्न होला, एउटा एउटा मुसललाई घोट्दा घोट्दा सियो समान बनाएर सियो आफ्नो बाँणका टुप्पामा हाल्यो । अनि त्यही बाँणले कृष्णजीको मृत्यु भयो । यो त द्वापर युगको कथा थियो । तर जुन बेला पुड्को मनुष्यको ढुंगाको हतियार बनाए, ती विकसित मानिए । तर, एउटा कुरो बताइदिउँ तिनले सुरुका ती ढुंगे हतियारहरू नांगै भएर बनाएका थिए । तिनले आफ्नो शरीर ढाक्ने वस्तु बनाउन सकेका थिएनन् भन्दा कस्तो लाग्ला ?
(होमोसियन्स नामक विश्व प्रसिद्ध पुस्तकबाट स्वतन्त्र अंश प्रस्तुति)
प्रतिक्रिया