काठमाडौं – पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २सय ९२ रन बनायो ।
पीएनजीका चाल्स अमिनीले ७७ रन बनाए । कप्तान असाद भला ६०, नोरमान भानु ४७ तथा ओपनर टोनी युरा ३८ रनमा आउट भए ।
बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।
प्रतिक्रिया