देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता पल शाहविरुद्धको थुनछेक बहस सकियो, बिहीबार आदेश आउने

देशान्तर

तनहुँ – एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउपछि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले जानकारी दिए ।

बहस सकिएको र आजै आदेश आउने उनले बताए । जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको गौतमले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीन जनाले बहस गरेका थिए । तेस्रो कानुन व्यवसायीको बहसबाट बिहीबार शुरु भएको हो ।

बुधबारदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस शुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।

प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर कृष्ण जोशीलाई आधा सजायको माग गरिएको छ ।