काठमाडौँ । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी नभ्यता ढकाल र आरम्भ ढकालले जितेका छन् ।
जय मिडिया मेनेजमेन्ट प्रालिले विराटनगरमा आयोजना गरेको प्रतियोगितामा मिस लिटलको उपाधि नभ्यता र मिस्टर लिटलतर्फको उपाधि आरम्भले जितेका हुन् । उनीहरूले जनही ३०–३० हजार रुपैयाको साथै विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरे ।
मिस लिटलतर्फको अर्गनाइजर च्वाइस विजेतामा विराटनगरका अदिती ढकाल र मिस्टर लिटलतिर विराटनगरका विषेश कार्की घोषित भए । उप विजेतामा इटहरीकी आरोही सुवेदी र विराटनगरका अविरल घिमिरे भएको सिइओ निशा खतिवडाले जानकारी दिइन ।
मिस लिटलतर्फको सेकेन्ड रनरअप धरानकी एम्मा गुरू, थर्ड रनरअप विराटनगरकी दिप्रमा समी भइन् । फोर्थ रनरअप मोरङ सुन्दरहरैचाकी स्नेहा रेग्मी घोषित भइन् ।
यसैगरि मिस्टर लिटलतर्फको सेकेण्ड रनरअप विराटनगरका प्रिंस ओझा, थर्ड रनरअप विराटनगरकै शिवास तिमसिना र फोर्थ रनरअप इटहरीका निश्चल गुरू भए ।
मिस ट्यालेन्ट सुमिना राई, मिस्टर ट्यालेन्ट शिखर तामाङ, मिस पोपुलर सुमिना राई, मिस्टर पोपुलर प्रसन्न तामाङ भए । मिस क्याटवक जास्था गिरी, मिस्टर क्याटवक अविरल घिमिरे, मिस फ्रेन्डसिप युविका कार्की, मिस्टर फ्रेन्डसिप शिखर तामाङ घोषित भए । यस्तै मिस फिजिक सुमासना श्रेस्ठ मिस्टर फिजिक देवांश बजाज, मिस फोटोजेनिक रूबी सेढाइ र मिस्टर फोटोजेनिकको एवार्ड एनिफ यादवले जिते ।
मिस बेस्ट ट्रान्स्फरमेसन अनुजा कार्की, मिस्टर बेस्ट ट्रान्स्फरमेसन मनिष कट्वाल भए । मिस बब्ली सोजिना लिम्बु, मिस्टर बब्ली विशेष कार्की तथा मिस क्यूट प्रशंसा शर्मा र मिस्टर क्यूट हसित चौधरी घोषित भए । मिस डिसिप्लीन अत्या कार्की मिस्टर डिसिप्लीन अनमोल घिमीरे भए ।
यस्तै मिस चामिंङ सीप्टी खत्री, मिस्टर चामिंड प्रिस ओझा, मिस इन्टेलेक्ट आस देव, मिस्टर इन्टेलेक्ट आरम्भ ढकाल भए । मिस कन्फिडेन्ट अदिती ढकाल, मिस्टर कन्फिडेन्ट शिवास तिम्सिना, मिस पब्लिक च्वाइस स्नेहा रेग्मी, मिस्टर पब्लिक च्वाइस आरम्भ ढकाल घोषित भए । मिस मल्टीमिडिया आश्री निरौला, मिस्टर मल्टीमिडिया अर्नभ प्रसाई, मिस्टर हेन्डसम इशान अधिकारी, मिस साइनिङ स्टार अमिशा अधिकारी, मिस प्रसनालिटी दिप्रभा रेग्मी, मिस ब्यूटी वित ब्रेन आरोही सुवेदी, मिस भटुंबस शुभानी चौधरी, मिस ब्यूटीफुल हेयर आयुषा शर्मा, मिस ब्यूर्टफल आइज इसानी दत्त, मिस व्यूटीफुल अबिप्सा पौडेल, मिस ग्लामरस लुक गरिमा आचार्य, मिस हार्डवकड आरूपी पोखरेल, मिरु एलेगेन्ट निर्माता भट्टराई, मिस स्माइल निमान्शा सिंह बस्नेत भए । मिस फेयर स्किन तभ्यता ढकाल, मिस ग्रेसफल ओरीका पोखरेल, मिस एक्टिभ आरियाना शर्मा, मिस फेसन आइकन एम्मा गुरुङ, मिस आउटस्टान्डीङ पर्फरमेन्स राधिका नेपाल भइन् ।
प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भिन्न पराजुली रहेका थिए । स्पेशल सेलेब्रेटी अभिनेता विपिन कार्की रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमा एपी वान टेलिभिजनका पूर्व जिएम तथा मिडिया मन्त्रका प्रवन्ध निर्देशक विकास लामिछाने, मोडल दिक्पाल कार्की, कोरीयाग्राफर प्रिया –रानी लामा, मिस कोशी २०२१ सिजन–६ का बिजेता प्रशिका श्रेष्ठ रहेकी थिइन ।
बालवालिकाहरूमा भएको प्रतिभा संच उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता रूप आयोजना गरिएको चियरम्यान जयराज विय रायले जानकारी दिए ।
प्रतिक्रिया