देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस र आर्मी सेमिफाइनलमा

देशान्तर

कैलाली । धनगढीमा भइरहेको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० को सोझो सेटले हरायो । आर्मीले प्रदेश १ लाई २५–१७, २५–२१ र २५–९ को सेटले हराउँदा आर्मीका दुर्गा खड्का ुम्यान अफ द म्याचु भए ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो । पुलिसले कर्णालीलाई २५–८, २५–९ र २५–१५ को सेटले हराउँदा पुलिसका हिम राना म्यान अफ द म्याचु भए ।

यस्तै आजै बिहान भएको अर्को खेलमा घरेलु टोली सुदूरपश्चिम वाग्मती प्रदेशलाई हराउँदै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ ।

सुदूरपश्चिमले वाग्मतीलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । खेलका ुम्यान अफ द म्याचु सुदूरपश्चिमका सन्तोष महता भए ।

प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।