काठमाडौँ – रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका छन् ।
हालै मात्र रुसले किन्झल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यो क्षेप्यास्त्र परमाणु र परम्परागत दुवै किसिमका हतियार बोक्न सक्थ्यो । २००० किलोमिटर मारक क्षमताको यो क्षेप्यास्त्र परमाणु बम पनि प्रहार गर्न सक्षम रहेको छ ।
परमाणु युद्धको अभ्यासको आदेश प्राप्त भए लगत्तै क्रेमलिनका अधिकारी तयारी अवस्थामा बसेका छन् । पुटिनको यो निर्णयको नतिजा भयानक हुनसक्ने उल्लेख गरिएको छ । क्रेमलिनका अधिकारीले पुुटिन परमाणु युद्धको तयारीमा खाली गराउने अभ्यासमा भाग लिन सक्ने बताएका छन् ।
प्रतिक्रिया