काठमाडौँ । अभिनेता पल शाहविरुद्ध बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो।
पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन्। पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्ज्वल महर्जनले पलविरुद्धका विभिन्न प्रमाण जुटाएर अदालतमा मुद्दा दायर भएको बताए।
पीडित बालिकाको बुबाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो। त्यसका आधारमा मुद्दा दर्ता गर्दा घटना भएको भनिएको होटलको इन्ट्री किताबको प्रतिलिपि, होटल सञ्चालिका सुलोचना कुँवर लगायतको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, शाहको अडियो रेकर्डलगायतलाई आधार मानेर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।
‘एक दिनमा सकिने सुटिङ क्यान्सिल गर्न लगाइ पाँच दिनसम्म उक्त रिसोर्टमा राखेर नाबालिका छोरी सुतेको कोठामा गई मादक पदार्थसमेत सेवन गराएर पटकपटक जबरजस्ती करणी भएको थियो’ जाहेरीमा भनिएको थियो, ‘छोरीलाई विवाह गर्छु भनेर प्रेमको नाटक गरी जबरजस्ती करणी भएको थियो ।’ तीन
महिनादेखि छोरीले गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेपछि सोधपुछ गर्दा शाहले देखावटी माया प्रेम गरेको बहाना बनाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएको पीडितकी बुबाले बताएका छन्। गैँडाकोट रिसोर्टमा पनि शाहले बलात्कार गरेको बताएपछि जोहरी दिएको उनले भनेका छन्।
पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएकी छन्। पलले भने गैँडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन्। यद्यपि, प्रहरीले उनीविरुद्ध प्रमाण जुटिसकेको प्रहरीहरूले दाबी गरेका छन्।
गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ। सोही राति पल किशोरीको कोठामा गएर जबरजस्ती करणी गरेको उनीविरुद्ध आरोप छ। प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भएको छ।
प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी बलात्कारको अभियोगमा अधिकतम ९१४ वर्ष० कैद सजायको माग दाबी गरिएको छ।
प्रतिक्रिया