एजेन्सी। सरकार नियन्त्रित टेलिभिजनमा समाचार प्रशारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेको अभियोगमा पक्राउ परेकी रुसी पत्रकार रिहा भएकी छिन् । उनी मंगलबार २८० अमेरिकी डलर जरिमाना तिरेर रिहा भएकी हुन् ।
सोमबार बेलुकाको समाचार प्रशारण भइरहेका बेला प्लेकार्डसहित प्रदर्शन गरेकी थिइन् । उनले रुसले युक्रेनमा गरिरहेको युद्धको विरोधमा भिडियो पनि बनाएकी थिइन् ।
उनलाई त्यसपछि पक्राउ गरिएको थियो । आफूलाई १४ घण्टासम्म सोधपुछ गरिएको उनले बताएकी छन् । दुई दिनसम्म आफू सुत्न नपाएको र कानुनी सहयोगका लागि पनि पहुँच नदिइएको पत्रकार मारिनाले बताएकी छन् ।
प्रतिक्रिया