काठमाण्डौँ । महिला उमेर समुहको महत्वपुर्ण प्रतियोगिताको रुपमा रहेको साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले घरेलु टोलि भारतसँग आफ्नो पहिलो खेल खेल्दै छ ।
मंगलबार उद्घघाटन हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल साँझ ७ः१५ मा जमसेदपुर मैदानमा प्रतिस्पर्धाका लागि उत्रने छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागि रहेका छन् । तीन देश सहभागि प्रतियोगितामा नेपाल तुलनात्मक रुपमा बलियो मानिएको भारत विरुद्वको खेलमा आफ्नो बलियो उपस्थिति चाहन्छ ।
प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा १७ मार्चमा बंगलादेशको सामना गर्नेछ । २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने छ । अंक तालिकाको शीर्ष टोलीले उपाधि जित्ने छ ।
प्रतिक्रिया