देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युनिलिभर नेपालले मनायो अन्तरराष्ट्रिय महिला दिवस

देशान्तर

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड यूएनएल ले महिलाहरूका उपलब्धि तथा हालसम्म आर्थिक तथा राजनीतिक रुपमा महिलाको योगदानको स्मरणमा १११औं अन्तरराष्ट्रिय महिला दिवस मनाएको छ ।

कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा ‘ब्रेक द बायस’ मुख्य विषयवस्तुमा सहभागीहरुले लैङ्गिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त विविध, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

इक्रा नेपालका बिजनेश हेड तथा नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो महिला महाप्रबन्धक वर्षा श्रेष्ठ, युनाइटेड इन्स्योरेन्सका सीईओ र ब्याट एन्ड बल फाउण्डेसनका निर्देशक भावना घिमिरेले आ ( आफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले दैनिक जीवनमा महिलाको केन्द्रीयता र नेतृत्वको महत्वलाई प्रकाश पारेका थिए । कार्यक्रममा मुम्बईबाट भर्चुअल रूपमा उपस्थित हिन्दुस्तान लिभर लिमिटेडका मानव संशाधन महाप्रबन्धक माथन राजले लैङ्गिक सन्तुलित कार्यबल सृजना गर्न कम्पनीको प्राथमिकता बारेमा प्रकाश पारेका थिए ।

उक्त अवसरमा कम्पनीका कुल कर्मचारीहरु मध्ये, श्रम क्षेत्रमा १८ प्रतिशत र प्रशासनिकतहमा २० प्रतिशत महिला कर्मचारीहरू रहेको जानकारी दिइयो । कम्पनीले सन् २०२५ सम्म यो अनुपात क्रमशः बढाएर २१ र २५ प्रतिशतमा पुर्‍याउने परिकल्पना गरेको छ ।

कम्पनीले महिलामैत्री कार्यस्थल सृजना गर्ने कुरामा विश्वास गर्ने र उनीहरूलाई पुरुषको काम गर्ने तरिकाको अनुकरण नगरी व्यावसायिक रूपमा अघि बढ्ने र फस्टाउने वातावरण दिन प्रेरित गर्ने पनि बताएको छ । कम्पनीले महिनावारी सम्बन्धी लचक कार्य नीति, आईभीएफ उपचार सुविधा र स्टेम सेल बैंकिङ्ग सुविधा जस्ता नीति र सुविधाहरू रहेको पनि बताएको छ ।