देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्यका लागि गाजर

देशान्तर

काठमाडौं । गाजर जरा परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्यएसियाबाट भएको मानिन्छ । यस्तो कुनै पोषक तत्व छैन जो गाजरबाट प्राप्त नहोस् । त्यसैले गाजरलाई ‘सुपरफुड’ समेत भन्ने गरिन्छ । यसमा एन्टीअक्सिडेन्ट गुण हुने गर्दछ । गाजर आँखाका लागि निकै राम्रो मानिन्छ भने डायबिटिज, मुटुका रोगी र क्यान्सर जस्ता रोगीका लागि फाइदाजनक मानिन्छ । यसले कब्जियत भएकालाई पनि फाइदा पु¥याउँछ । त्यसैगरी यसको सेवनबाट पाचन शक्ति राम्रो हुनुका साथै मानसिक थकाइ कम गर्ने विभिन्न शोधबाट प्रमाणित भएको बताइन्छ । यस्तै रक्तअल्पताको समस्या भोगिरहेकाहरूका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ ।

गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादका रूपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४।७ ग्राम ग्लुकोज, २।८ ग्राम रेसा, ०।९ ग्राम प्रोटिन, ०।३ बोसो, त्यस्तै भिटामिन के पनि पाइन्छ ।

यदि तपाईं तौल कम गर्ने सोचमा हुनुहुन्छ भने खानामा गाजर पनि सामेल गराउनुहोस् । तौल घटाउनका लागि गाजर वरदान साबित हुन सक्छ । गाजरमा क्यालोरीको मात्रा कम हुने भएकाले तौल कम गर्न गाजर खाने गर्नुपर्छ । गाजरबाट भिटामिन ‘सी’ धेरै पाइने भएकाले तौल नियन्त्रण गर्न लाभदायी हुन्छ । त्यसका लागि गाजरलाई तरकारी वा सलादका रूपमा प्रयोग गर्न सकिन्छ । यसैगरी गाजरमा मिनरल्सको मात्रा पनि उत्तिकै हुने भएकाले यसले हाइड्रोजन नियन्त्रण गर्छ । त्यसैगरी, गाजरको सेवन गर्दा इलेक्ट्रोलायट लेवल नियन्त्रण हुन्छ ।

गाजरलाई सामान्यतया सलादका रूपमा पनि खाइन्छ । कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ । गाजरको जुस पनि बनाउन सकिन्छ । गाजरको हलुवा पनि लोकप्रिय परिकार हो । गाजरको हलुवा स्वस्थ र स्वादिलो परिकारमा पर्छ । गाजरको हलुवा तपाईं आफ्नो इच्छाअनुसार तात्तातो या केहीबेरपछि हल्का चिसो बनाएर पनि खान सकिन्छ । स्वाद र स्वास्थ्य दुवै पाटोबाट यो सामान्य तर उत्कृष्ट परिकारमा पर्छ ।