काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको छ ।
उद्योगले सुपर प्रीमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको छ ।
सुपर प्रिमियम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध गराएको छ ।
यसको प्रति प्याकेटको मूल्य १ सय २० रुपैयाँ र तौल १ सय २० ग्राम रहेको छ । उद्योगले चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिजबल पनि सार्वजननिक गरेको छ ।
कार्यक्रममा यशोदा फुड्सका निर्देशक नरेश्वर शर्माले भारत, यूरोप, कोरिया, जापान, अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायतका देशमा समेत आफ्नो उत्पादन निर्यात गरि अर्थतन्त्रमा योगदान पुर्याएको बताए ।
३५ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको उद्योगको दाबी छ ।
प्रतिक्रिया