काठमाडौं । झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।
झापाको बिर्तामोडमा सम्पन्न फाइनलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई दुई एक को गोल अन्तरले पराजित गर्दै आर्मी लगातार तेस्रो पटक विजेता बनेको हो । आर्मीले जितेको यो चौथो उपाधि हो ।
आर्मीका लागि टेकबहादुर बुढाथोकीले खेलको १८ औं मिनेटमा गोल्ड गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई दुई शुन्यको अग्रता दिलाए ।
विमल घर्ती मगरले झापाको लागि खेलको २४ औं मिनेटमा एक गोल गरेपनि टोलीलाई जित भने दिलाउन सकेनन् ।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो । जितसँगै आर्मीले १२ लाख ५५ हजार र उपविजेता झापा ११ ले ६ लाख पाँच हजार रुपैंया प्राप्त गरेको छ।
प्रतियोगितामा पाँच गोल गरेका घरेलु टोलीका स्ट्राइकर विमल उच्च गोलकर्ता बने । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया