देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला विश्वकप अन्र्तगत अस्ट्रेलियाको लगातार तेस्रो जित

देशान्तर

काठमाडौँ – न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ। आइतबार भएको आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाले घरेलु टोली न्युजिल्यान्डलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित यात्रा जारी राख्यो।

अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो।जवाफमा न्युजिल्यान्ड १ सय २८ रनमा नै समेटिएपछि अस्ट्रेलिया फराकिलो जित निकाल्न सफल भयो।

वेलिङटनमा टस जितेको अस्ट्रेलियाका लागि एलिस पेरीले सर्वाधिक ६८ रनको यऊदान दिँदा तहिला म्याग्रथले पनि ५७ रन बनाएर अर्थशतक पूरा गरेकी थिइन्।

त्यस्तै, असलेइघ गार्डनरले सर्वाधिक विष्फोटक इनिङ खेलिन। उनले १८ बलमा ४८ रन बनाउँदै नटआउट रहेकी थिइन्। थप स्कोरका रुपमा रचेल हायनेस र बेथ मोनीले समान ३०- ३० रन बनाउँदा एल्यस हेलीले १५ रन बनाएकी थिइन्।न्युजिल्यान्डका लागि लि तहुहुले ३ विकेट हात पारिन्।

२ सय ७० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको किवि टीम खराव सुरुवातको सिकार भयो।उसका लागि एमी स्याटर्थवेटले सर्वाधिक ४४ रन बनाउनु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन। अस्ट्रेलियाका लागि डरसिए ब्रउनले सर्वाधिक ३ विकेट लिइन्।

त्यस्तै अमन्दा जडे वेलिङटन र असलेइघ गार्डनरले समान २-२ विकेट लिए।

न्युजिल्यान्डलाई पराजित गरेसँगै अस्ट्रेलिया अपराजित रहँदै लिग अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। उसको ३ खेलबाट ६ अंक भएको छ।