काठमाडौं । ‘कोही कोही किन मन पर्छ यति, राम्रोसँग नचिनी नभेटी’ यो शब्द गायिका दीपिका बयम्बु मगरलाई मनपर्ने शब्द हो । यो शब्द दोहोरी गीत फुल रसैकोमा दोस्रो टुक्काको रूपमा समाबेश छ । जुन शब्द गायकले गाएका छन् । दीपिकाले कुराकानीमा यही शब्द गाइन् ।
यतिबेला सुन्दा र हेर्दा आनन्द लाग्ने दोहोरी गीत फुल रसैको डिजिटल बजारमा छ । गीतलाई दीपिका बयम्बु मगरको युट्युबमा अपलोड छ । सागर विरहीका सृजनामा तयार भएको गीतमा सागर र दीपिकाकै स्वर सजित छ । जुन गीत अहिले टे«न्डिङमा छ ।
सागरका अनुसार दीपिकासँगको सहकार्य पहिलो हो । पहिलो सहकार्य निकै गज्जबको भएको उनी सुनाउँछन् । उनी भन्छन्, कतिपय कलाकारसँग काम गरेपछि अर्को पटक सहकार्य गर्न नपरेजस्तो पनि हुन्छ तर दीपिकाको प्रष्टताले गर्दा अर्को सहकार्यका लागि पनि म तयार भइसकेँ ।
दीपिकाका अनुसार उनलाई सागर विरही पहिलेदेखि नै मन पथ्र्यो । उनले पुरानो लोकगीत सम्झना छ भन्देऊ गीत निकै मन पर्ने बताइन् । उनले भनिन्, दाइको मौलिक सिर्जना सुन्दै आएको हुँ । आज सहकार्यको वातावरण बन्यो । गीतबाट म सन्तुष्ट छु ।
सागरले दीपिकालाई दुइटा गीत रोज्न दिएका थिए । ती गीतमध्ये फुल रसैको छनोट गरेको कुराकानीको क्रममा दीपिकाले बताइन् । गीत सुन्दा मौलिकताको सजिलै महसुस गर्न सकिन्छ । उनले भनिन् । गीतमा संगीत संयोजन समेत सागरले नै गरेका छन् ।
चित्र मास्की मगरको निर्देशनमा निर्माण गरिएको भिडियोमा मोडेल विजय पुनसँग गायिका आफैँले स्क्रिन सेयर गरेकी छिन् । रहर कि लगानी बचाउन क्यामरा फेस गर्नु भएको ? भन्ने हाम्रो प्रश्नमा दीपिकाले भिडियोमा नाच्ने रहर नै भएको खुलाइन् । उनका अनुसार गाउँघरमा क्लब, आमा समूहको माध्यमबाट हुने सांस्कृतिक जमघटमा नाच्थिन् ।
पाल्पामा जन्मे, हुर्केकी दीपिका लोकसंगीतमा संघर्षरत गायिका हुन् । दोहोरी साँझमा काम गर्ने दीपिका लाइभ दोहोरी र स्टेज कार्यक्रममा पनि पुग्ने गरेकी छिन् । उनले गाएका लाइभ दोहोरी दर्शक श्रोताले गज्जब मन पराएका छन् ।
सामान्य परिवारबाट गायनमा होमिएकी दीपिका कमाउनैका लागि दुई पटक विदेश पुगिसकिन् । पहिलो पटक ११ महिनाको बसाइमा विदेशबाट राम्रै कमाइ घर भित्र्याएकी उनले कोरोनाको पहिलो लहरका बेलामा दोस्रो पटक विदेश पुगेकी उनी व्यवस्थापकका कारण उनीसँगै टिमले नै सास्ती खेप्नु परेको सुनाउँछिन् ।
अहिले बजारमा रहेको गीत फुल रसैको सरल भएकाले पनि लाइभ दोहोरीमा चल्न सक्ने अड्कल काट्छिन् । संगम इन्टरनेटमेन्टको ब्यानरमा पोस्ट प्रोडक्सन गरिएको भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् भने रोशन गाहा मगरले सम्पादन गरेका छन् ।
प्रतिक्रिया