काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ ।
ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा भएको बताए ।
अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले १०३ बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएपनि दुई निमोनिया, दुई कोरोना र एक बिरामीको उच्च रक्तचापका कारण मृत्यु भएको बताए ।
प्रतिक्रिया