कैलाली । वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कैलालीको धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो । उसका लागि जमोउल एन्थोनी फ्रान्कोइस र राजिब लोप्चनले गोल गरे । वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।
उपाधिका लागि फ्रेन्ड्सले आउँदो शनिवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्ने । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतिक्रिया