देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा नेप्से परिसूचक ३० अंकले घट्यो

देशान्तर

काठमाडौं – साताको चौथो दिन सेयरबजार परिसूचक नेप्से ३०२९ अंकले घटेर २५१४.६५ अंक कायम भएको छ । बुधबार नेप्से सुरुवाती चरणमा केही सकारात्मक देखिए पनि दिनभर राताम्य भएको थियो ।  यसदिन नेप्सेसँगै ‘क’ वर्गका कम्पनी मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । बजार परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताको सक्रियाता पनि घट्दै गएको छ । आज कारोबार रकम दुई अर्ब ३५ करोडमा सिमित भएको छ ।
बुधबार नेपाल दूरसञ्चार कम्पनीको साढे १० करोडमाथि र एनआईसी एसिया बैंकको साढे १० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

कुल १९२ कम्पनीको सेयर कारोबारमा आउँदा १७१ कम्पनीको सेयरम मूल्यमा गिरावट भएको छ । यस्तै, १९ कम्पनीको सेयरमूल्य वृद्धि भयो भने दुई कम्पनीको स्थिर रह्यो ।
बजारमा कारोबार भएकामध्ये माउन्टेन इनर्जीको सवार्धिक ८.१० प्रतिशतले वृद्धि भएको छ । हालै सूचीकृत भएर दोस्रो बजारमा कारोबार सुरु भएको इमर्जिङ नेपालको सेयर मूल्य ३.९९ प्रतिशत र आइसीएफसी फाइनान्सको सेयर मूल्य ३.९५ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, विशालबजार कम्पनीको सेयर मूल्य ५.७८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको ५.६० प्रतिशत र बुद्धभूमि लघुवित्तको सेयर मूल्य ५.४१ प्रतिशतले गिरावट भएको छ ।