देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोलामा एक लाख ३ हजार पुग्यो सुनको भाउ

देशान्तर

काठमाडौँ – सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्ने लयमा छ ।

कोभिड १९ का कारण भएको लकडाउनका बेलामा सुनको बजार प्रभावित हुँदा भाउ बढेको थियो । तर, कोभिड १९ को सङ्क्रमण कम हुँदै गएपछि सुनको भाउ घट्न थालेको थियो । अहिले फेरि रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ ।

दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै गएको छ। आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

उहाँका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ ।