झापा । काठमाडौँको संकटा क्लब पाँचौँ झापा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै संकटा क्वार्टरफाइनलमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
प्रतियोगितामा सोमबार क्वार्टर फाइनलको खेल हुनेछन् । जसमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सातदोबाटो युथ क्लब खेल्नेछन् । एपीएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो भने सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको हो
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैया पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकरले २१ हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैया पाउने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए ।
प्रतिक्रिया