तनहुँ । एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई आज थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको हो । म्याद थपका लागि प्रहरीले उनलाई जिल्ला अदालत लगेको थियो ।
शाहमाथि लागेको आरोपको अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।
गत फागसन ११ गते एक नाबालिक गायिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसपछि फागनु १५ मा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी ९बलात्कार० गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैँडाकोटमा पनि तीनै नाबालिक गायिकाले अर्को जाहेरी समेत दिएकी छन् ।
गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दर्ता भएको हो ।
प्रतिक्रिया