काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का ग¥यो । पिटर्सब्रगको मैदानमा भएको खेलमा लिगको शीर्षस्थानमा रहेको सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा भने सिटीले २ गोल ग¥यो ।
सिटीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै जित पक्का ग¥यो । ६०औं मिनेटमा रियाद महारेजको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । उनले फिल फोडेनको पासमलाई सदुपयोग गर्दै खेललाई १–० को अवस्थामा पुर्याए ।
दोस्रो गोल ज्याक ग्रेलिसले ६७औं मिनेटमा फोडेनकै पासमा गोल गर्न सफल भयो । त्यस्तै अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्दा प्यालेसको जितमा चेकइहोउ कोउयाट र जाइरो राइडवाल्डले गोल गरेका थिए । त्यस्तै स्टोकका जोस टेमोनले एक गोल फर्काए ।
प्रतिक्रिया