काठमाडौँ – आईएमईले बैंक डिपोजिटलाई लक्षित गर्दै होस्टेमा हैँसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी यो अफर आजदेखि एक महिनासम्म कायम रहनेछ ।
अफर अन्तर्गत नेपालभरि जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आईएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिने छ ।
अफर अवधिमा हरेक दिन पाँच जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई ५ हजार रुपैयाँ तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिने आईएमईले जनाएको छ ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस्ता अफरहरूले सेवाग्राहीहरू र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तहरू अनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने भएको छ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आईएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् ।
आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।
सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नु हुने आफन्तलाई पुरस्कार रकम प्रदान गरिने कम्पनीले जनाएको छ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहने छ ।
योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेब पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया