काठमाण्डौ-त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । आज भएको आफ्नो अन्तिम लिग खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो ।
खेलमा मनाङका लागि कप्तान अन्जन विष्टले गोल गरे भने मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो । यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्दै आर्मी लिगको उपविजेता बन्यो । लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । मनाङले १२ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।
प्रतिक्रिया