काठमाडौं –बुधबारदेखि नेपाल(भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ ।
भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानीरविकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन
। नेपालले बैठक बोलाउन पटक- पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो ।
प्रतिक्रिया