अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको वरियतामा नेपाल १३ औं स्थानमा पुगेको हो ।
यसअघि १२ औं स्थानमा रहेको नेपालले ओमानमा भएको चारदेशिय सिरिजमा १ खेल मात्रै जित्दा २ खेल गुमाएको थियो । जसका कारण पनि नेपाली टिमको वरियतामा असर परेको हो ।
चारदेशिय सिरिजमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दा युएई र आयरल्याण्डसँग पराजित भएको थियो । युएईसँग २५ रनले पराजय भागेको नेपालले आयरल्याण्ड विरुद्ध १२८ रनको सामान्य लक्ष्य पनि पच्छ्याउन नसक्दा १६ रनले पराजय भोगेको थियो । ओमानविरुद्ध भने ६ विकेटको जित दर्ता गरेको थियो ।
प्रतिक्रिया