काठमाडौं -चार देश सम्मिलित टी–२० सिरिजको अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको मस्कटस्थित अमेरत मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि आयरल्यान्डले ब्याटिङ गरिरहेको छ । पहिले फिल्डिङ रोजेको नेपालले आयरल्याण्डलाई ३ विकेट ढालेको छ ।
८ ओभर खेल्दा आयरल्याण्डले ३ विकेटको क्षतिमा ४६ रन जोडेको छ ।
सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
दोस्रो खेलमा भने नेपाल यूएईसँग पराजित भएको थियो । युएईसँगको खेलमा नेपाल २५ रनले पराजित भएको थियो ।
आयरल्यान्ड भने दुई खेल खेलेकोमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।
प्रतिक्रिया