बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेन वरपरको तनाव कम गर्ने उद्देश्यले यही फेब्रुअरी १० मा रूसको भ्रमण गर्ने टाइम्स अखबारले जनाएको छ ।
गत महिना बेलायत सरकारले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ट्रसलाई आगामी दिनमा वार्ताका लागि रुस भ्रमण गर्न आग्रह गरेको बताइएको थियो ।
फेब्रुअरीको शुरुतिर उनी कोभिड संक्रमित भएकाले भ्रमण स्थगित गरिएको थियो ।
प्रतिक्रिया