देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रशिक्षक अलमुताइरी र खेलाडी सम्मानित

देशान्तर

काठमाणडौँ -सरकारले बङ्गबन्धु एसिएन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज शुक्रवार सम्मान र पुरस्कार प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन् । यो प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गएको पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदर गर्दै पुरस्कार र सम्मान प्रदान गरेको हो । कार्यक्रमा प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्त्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्व ब्याडमिन्टन महासङ्घको पुरुष जुनियर एकलतर्फ विश्व वरीयताको शीर्ष स्थानमा पर्न सफल भएका प्रिन्स दाहाललाई पनि बधाई दिए । फुटबलको क्षेत्रमा नेपाली खेलाडीलाई निरन्तर कुशल प्रशिक्षण दिइरहेका प्रशिक्षक अबदुल्लाह अलमुताइरीलाई पनि उहाँले धन्यवाद दिए

सरकारले एसिएन सेन्ट्रल जोन महिला भलिबलका टोलीका १२ खेलाडीलाई जनही पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । सम्मानित हुने खेलाडीमा अरुणा शाही ९कप्तान०, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन् । त्यस्तै सम्मानित हुने अन्यमा टोलीको मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी छन् ।