काठमाण्डौ–नेपाल क्रिकेट सङ्घ क्यान ले वार्षिक साधारण सभाको मिति तोकेको छ । क्यानले आज शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो फागुन १३ र १४ गते धनगढीको एक होटलमा आयोजना हुने जानकारी दिएको हो ।
सार्वजनिक सूचनामा वार्षिक साधारण सभाका एजेन्डाबारे पनि बताइएको छ । साधारण सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुत्ति, सन् २०२२ को कार्यक्रम र बजेटबारे केन्द्रित हुने क्यानले जनाएको छ ।
यस्तै क्यानको आर्थिक नियमावली र कार्यविधिका साथै नयाँ जिल्ला सङ्घहरूलाई मान्यता दिने र केन्द्रीय समितिमा खाली पदहरूको पदपूर्ति सम्बन्धमा साधारण सभा केन्द्रित हुनेछ ।
कोराना सङ्क्रमणका कारण यस मितिमा भौतिक उपस्थिति हुन नसक्ने अवस्था भए भर्चअल माध्यमबाट भए पनि साधारण सभा आयोजना गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया