काठमाण्डौँ-बाँकेमा चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया