बुर्किनो फासोलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलमा साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि ३-१ को जित निकाल्दै सेनेगल उपाधि नजिक पुगेको हो।
खेलमा अधिकासं समय दुबै टीमले गोलरहित बराबरी खेलेपनि अन्तिम समयमा सेनेगलले निरन्तर गोल गरेको थियो। सुरुवातमानै सेनेगलले दुई ओटा पेनाल्टीको अवसर पाएपनि भिएआरले बुर्किनो फासोलाई जोगाएको थियो।
अब्दोउ डिलोसले ७० औ मिनेटमा पहिलो गोल गर्दै सेनेगललाई अग्रता दिलाए। इद्रिसा गुएसले साडियो मानेको पासलाई सदुपयोग गर्दै ७६ औ मिनेटमा अग्रता दिलाएका थिए। ८२ औ मिनेटमा ब्लाटी टुरेले बुर्किनो फासोका लागि गोल फर्काएपनि टीमको हार टार्न पर्याप्त भएन।
तर टिमको सहज जितका लागि भने साडियो मानेले ८७ औ मिनेटमा गोल गरेका थिए। मानेको यो २९ औ गोल हो। अब फाइनलमा सेनेगलले इजिप्ट र क्यामरुनबिचको विजेतासँग आइतबार प्रतिस्पर्धा हुने छ।
प्रतिक्रिया