अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिकाले गरिव जनताको उपचार गर्ने बयालपाटा अस्पताललाई १५ लाख सहयोग गरेको छ ।
गाउँपालिकाको स्वीकृत बजेट अन्र्तगत मंगलबार गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष हेम बिश्वकर्मालाई १५ लाखको चेक हस्तान्तरण गरे ।
यस अघि पनि बयलपाटा अस्पताल लाई गाउँपालिकाले १ लाख सहयोग गरेको थियो ।
प्रतिक्रिया